विदेशमा रहेकाको लागि कामना सेवाको एनआरएन बचत खाता, ७ प्रतिशत ब्याज पाइने

  २०७८ असोज १ गते १६:१५     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले वैदेशिक रोजगारमा रहेका नेपाली र उनीहरुको नेपालमा रहेका परिवारको लागि एनआरएन बचत खाता संचालनमा ल्याएको छ ।

७ प्रतिशत ब्याजदर सहितको यो खातामा प्रथम वर्ष निस्शुल्क मोबाक्षल तथा इन्टरनेट बैंकिङ्गको सुविधा रहेको छ ।

विदेशमा रहेका नेपाली नागरिकाले रेमिट्यान्स तथा बैंकिङ्ग प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा जम्मा गर्न सक्नेछन् । साथै यस खाता मार्फत खोलिने मुद्धती निक्षेपमा ०।५ प्रतिशत थप ब्याज पाउनेछन् । यो खाता अनलाइनबाट पनि खोल्न सकिनेछ ।

सोसल मिडिया बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग जस्ता डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७६ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.