३२ स्थानमा साल्ट ट्रेडिङको सुपथ मूल्य पसल सञ्चालनमा

  २०७८ असोज १ गते १५:४७     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौँ उपत्यकाका ६ स्थान सहित देशका ३२ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । आजदेखि सञ्चालन गरिएको सो पसल आगामी कात्तिक २४ गतेसम्म जारी रहने कम्पनीले जनाएको छ ।

यसअघि नै सञ्चालनमा रहेका बिक्री काउन्टरमा नै ती पसल सञ्चालन गरिएको जनाइएको छ । उपभोक्ताले नून प्रतिकिला १८, चिनी प्रतिकिलो ७९ मा र अन्य खाद्यान्न प्रतिकिलो पाँचदेखि दशसम्म रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले उपत्यकाभित्र कालीमाटीमा दुई स्थान, कोटेश्वर, सतुङ्गल, जावलाखेल, भक्तपुरका बिक्री कक्षसँगै दैनिक तीन मोबाइल भ्यानबाट घुम्ती सेवासहित देशभर करिब ३२ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको जनाइएको छ । पसल बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुने छ ।

सरकारले यो वर्ष चाडर्वमा उपभोक्तालाई सहुलियत दिनका लागि तीन करोड छुट्याएको छ । दशैँ, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई सुपथ पसल सञ्चालन गरेर सहुलियत दिनका लागि तीन करोड २५ लाख छुट्याएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले खाद्य कम्पनीका लागि एक करोड ७५ लाख र कर्पोरेसनका लागि डेढ करोड रकम छुट्याइएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.