अरुण भ्याली हाइड्रोले बोनस र हकप्रद सेयर दुबै दिने, तोक्यो बुक क्लोजको मिति

  २०७८ भदौ ३१ गते १६:३०     विकासन्युज

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई बोनस र हकप्रद सेयर दुबै दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट सेयरधनीलाई बोनस र बोनस पश्चात हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले उक्त वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यससँगै उक्त बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत (अर्थात एक बराबर ०.५० को अनुपातमा) हकप्रद सेयर जारी गर्ने कम्पनीको प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावलाई कम्पनीको २४औं वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको साधारणसभा आगामी असोज २४ गते बिहान ११ बजे जुममार्फत गर्ने सञ्चालक समितिको बैठकले निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठक भदौ ३१ गते दिउँसो २ बजे बसेको थियो ।

उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी असोज ११ गते बुक क्लोज हुँदै छ । यससँगै असोज ११ गतेसम्म कायम सेयरधनीहरु कम्पनीको बोनस र हकप्रद सेयर लिन तथा सभामा सहभागि हुन योग्य हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.