गोदरेजको दशैं अफर: २९ हजार नगदछुटदेखि ५५ इन्चको टिभी

  २०७८ भदौ ३१ गते १५:५७     विकासन्युज

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड गोदरेजले नजिकिरहेको नेपालीहको महान चाड दशैं र तिहारलाई लक्षित गर्दै “नाउ इज वाउ फेस्टिवल्, कम खर्च धेरै बचत“ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत गोदरेज ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार जित्ने अवसर रहेको कम्पनीले जनाएको छ । सामानमा ३१% सम्मको क्यासब्याक प्राप्त गर्न सकिने साथसाथै बम्पर उपहार अन्तर्गत ३ जना भाग्यशाली ग्राहकहरुले ५५ इन्चको टिसिएल कर्भ स्मार्ट एलइडि टि.भी समेत जित्न सकिने व्यवस्था रहेको जनाएको हाे ।

उक्त योजना अन्तर्गत गोदरेजका विभिन्न सामानहरु जसमा रेफ्रिजीरेटर खरिदमा २८,९०० रुपैयाँ, वाशिङ मेसिनको खरिदमा १५,३०० रुपैयाँ, मैक्रोवेभ ओवन खरिदमा ७,५०० रुपैयाँ, एअर कुलरको खरिदमा ५,२०० रुपैयाँ सम्मको क्यास ब्याक र एसिमा ४ हजार रुपैयाँ बराबरको निशुल्क एसि जडान प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । यस्तै गोदरेजले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरुका साथै निशुल्क होम डेलीभरी पनि प्रदान गर्ने जनाएको छ ।

गोदरेजका सामानहरु खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई बम्पर उपहार मा सहभागी गराउन जिओडिएफओ टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको विल नं लेखि ३१००१ मा एस्.एम.एस् गर्नुपर्नेछ ।

कम्पनीले यो योजना भाद्र ३०, २०७८ देखि सिमित अवधिका लागि लागू गरिएको छ । गोदरेज ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रप अन्तर्गत सिजी इओएल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.