विष्णु पौडेलको बजेटले सिर्जना गरेका दायित्व सबै भुक्तानी

  २०७८ भदौ ३१ गते १४:५९     विकासन्युज


काठमाडौं । पूर्व अर्थमन्त्री विष्णु पौडेलको बजेटले सिर्जना गरेका सबै दायित्व भुक्तानी हुने भएको छ । सरकारले विनियोजन अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेस गर्नुभन्दा अगाडिका सबै दायित्वहरु भुक्तानी हुने महालेखा नियन्त्रक कार्यालयले जनाएको हो ।

यसअघि महालेखाले चालु आर्थिक वर्षको प्रतिस्थापन विधेयक तयारी भइरहेको भन्दै भदौ २४ गते तलब भत्ता र पेन्सनबाहेक सबै भुक्तानी रोक्न भनेको थियो । तर, संसदबाट प्रतिस्थापन विधेयक पारित नभएर सरकार खर्च गर्न नपाउने संवैधानिक बन्देजमा परेपछि प्रतिस्थापन विधेयक संसदमा पेस हुनु अगाडिका बजेटका दायित्वहरु भुक्तानी गरिने भएको हो । तर, विधेयक संसदमा पेस भएपछिका दायितव भने रोकिनेछन् ।

महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी कृष्ण पुडासैनीले संसदमा प्रस्थिापन विधेयक पेस हुनुभन्दा अगाडिका सबै दायित्वहरु भुक्तानी हुने बताए ।

‘संसदमा प्रतिस्थाप विधेयक पेस हुनुभन्दा अगाडिका दायित्वहरुमा समस्या भएन, त्यसको भुक्तानी निर्वाद रुपमा हुन्छ, तर,सो विधेक पेस भइसकेपछिको समयमा आएका दायित्वहरुको भुक्तानी हुँदैन,’ उनले भने ।

महालेखा नियन्त्रक कार्यालयले बुधबारसूचना जारी गर्दै कानुन बमोजिमका सबै भुक्तानी खुला भएको समेत जनाएको थियो । अन्य सबै भुक्तानी भने बन्द हुने उनको भनाई छ ।

अर्थमन्त्री जनार्दन शर्माले गत शुक्रबार संसदमा प्रतिस्थापन विधेयक पेश गरेका थिए । सरकारले बुधबार मात्रै १४ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको थियो भने कुल ४ अर्ब १३ करोड रुपैयाँ राजश्व संकलन गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.