२८०० बिन्दुबाट तल झर्यो नेप्से, कारोबार रकममा भने वृद्धि

  २०७८ भदौ ३१ गते १३:४७     विकासन्युज

काठमाडौं । बिहीबारको बजारमा नेप्से परिसूचक २८०० बिन्दुबाट पनि तल झरेको छ । कारोबार खुलेदेखि ओरालो लागेको बजारमा परिसूचक ९०.९३ बिन्दुले घटिसकेको छ ।

दिउँसो १ बजेर ३६ मिनेट जाँदा परिसूचक ९०.९३ अंकले घटेर २७९८.११ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.१५ प्रतिशतले कम हो ।

बजारमा परिसूचक तीव्र रुपमा घटेपनि कारोबार रकममा भने वृद्धि भएको छ । यो अवधिसम्म २२३ कम्पनीको सेयर ५ अर्ब ७७ करोड रुपैयाँ बढीमा किनबेच भएको छ । जुन पछिल्लो दुई दिनको कारोबार रकमभन्दा बढी हो ।

यो अवधिसम्म सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको २५ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भइसकेको छ ।

पछिल्लो समय बजार निरन्तर घटेसँगै अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । यहि मौकामा लगानीकर्ताहरुले सेयर किन्न तातिएसँगै सेयर कारोबार रकम बढेको बुझिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.