तरलताको अभावले बैंकहरुबीच निक्षेप खोसाखोस, व्याजदर डबल डिजिटमा, कुन बैंकको कति ?

  २०७८ भदौ ३१ गते १२:५०     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरूले निक्षेपमा दिने व्याज उच्च रुपमा बढाएका छन् । बैंकहरुले बचतकर्तालाई दिने व्याज दोहोरो अंकले बढाएका हुन् । बजारमा तरलताको अभाव देखिएपछि सबै वाणिज्य बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने व्याजदर बढाएका हुन् ।

बैंकहरुले असोज १ गतेदेखि लागु हुने गरी निक्षेपमा दिने व्याजदर १० प्रतिशतभन्दा बढी पनि पुर्याएका छन् । सबैभन्दा बढी निक्षेपमा व्याज दिने बैंकमा रुपमा भने सनराइज बैंक देखिएको छ । सनराइज बैंकले १०.७ प्रतिशतसम्म व्याज दिने भएको छ । सनराइज बैंकले व्यक्तिगत र संस्थागत निक्षेपकर्तालाई १०.७ प्रतिशत व्याज दिने उल्लेख गरेको छ ।

भदौ महिनामा ४ प्रतिशतसम्म व्याज दिँदै आएको सनराइज बैंकले ६ प्रतिशतभन्दा बढी व्याज बढाएर १०.७ प्रतिशत पुर्याएको हो ।

यस्तै, प्राइम कमर्सियल बैंकले निक्षेपमा ९.७६ प्रतिशत व्याज घोषणा गरेको छ । सानीमा बैंकले निक्षेपमा ९.५१ प्रतिशत व्याज दिने जनाएको छ । ग्लोबल आईएमई बैंकले पनि ९.५ प्रतिशत व्याज दिने जनाएको छ ।

सबैभन्दा कम ब्याजदर दिँदै आएको स्टान्डर्ड चार्टडले पनि ७.५ प्रतिशत व्याज दिने जनाएको छ । नेपाल राष्ट्र बैंकले कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरेर कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो ९० प्रतिशत कायम गरेपछि बैंकहरुसँग लगानीयोग्य पुँजी अभाव सुरु भएको थियो ।

बजारमा तरलताको अभाप देखिएपछि बैंकहरुबीच एकअर्काको निक्षेप खोसाखोसको अवस्था सिर्जना भएको छ । बैंकरहरुका अनुसार पछिल्लो समय सरकारी खर्च नहुँदा बैंकहरूमा लगानीयोग्य रकमको अभाव देखिएपछि निक्षेपकर्तालाई आकर्षित गर्न निक्षेपसँगै कर्जाको व्याज पनि बढेको हो । निक्षेप जोगाउनका लागि ब्याजदर सामान्य बढेको उनीहरुको भनाई छ ।

One comment on "तरलताको अभावले बैंकहरुबीच निक्षेप खोसाखोस, व्याजदर डबल डिजिटमा, कुन बैंकको कति ?"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.