पुनर्बीमा कम्पनीका सञ्चालक डा. अर्यालको राजीनामा स्वीकृत, यसकारण पाएनन् निरन्तरता

  २०७८ भदौ ३१ गते १२:४०     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक डा. डिल्लीराज अर्यालले राजीनामा दिएका छन् । उनले दिएका राजीनामालाई कम्पनीले समेत स्वीकृति दिइसकेको छ ।

भदौ ३० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालक डा. अर्यालको राजिनामा भदौ २७ गतेदेखि लागू हुने गरी राजीनामा स्वीकृत गरेको हो ।

राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा। अर्याल नेपाल सरकार बाहेककका संस्थागत लगानीकर्ता अन्तर्गत पुनर्बीमा कम्पनीको सञ्चालकमा नियुक्त भएका थिए । तर राष्ट्रिय बीमा कम्पनीमा हाल प्रमुख कार्यकारी अधिकृत नभएकाले डा. अर्याललाई निरन्तरता दिन नसक्ने कम्पनी सचिव बिष्णुप्रसाद उपाध्यायले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.