मोटरसाइकलमा कर बढाएकोप्रति अर्थमन्त्री कै टेबुलमा व्यवसायीले जनाए विरोध

  २०७८ भदौ ३० गते १९:४८     विकासन्युज

काठमाडाैं । नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ८ सदस्यीय प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको छ । भेटमा २०७८/०७९ को प्रतिस्थापन बजेटले अटोमोबाइल क्षेत्रमा पारेको प्रभावबारे विस्तृत रुपमा छलफल गरेको नाडाले जनाएको छ ।

नाडाका केन्द्रीय कार्य समिति सदस्य तथा मोटरसाइकल समितिका सभापति अभिक ज्योतिले नेपालमा १६० सिसिसम्मका मोटरसाइकलहरु दुई तिहाईको सख्यामा बिक्री हुने बताउँदै अहिलेको सेगमेन्ट परिवर्तनले मोटरसाइकल प्रयोगकर्ताहरुमा आर्थिक भार थपिने बताए । अर्थमन्त्री शर्माले गत शुक्रबार प्रतिनिधिसभामा पेश गरेको संशोधन बजेटमा १२५ सीसीदेखि १५५ सीसीसम्मका र २०० देखि २५० सीसीसम्मका मोटरसाईकलको अन्तःशुल्क १०/१० प्रतिशतका दरले बढाएका थिए ।

नाडा उपाध्यक्ष चौधरीले नेपालमा गुणस्तरिय लुव्रिकेन्टसको आयात र उत्पादनका लागि सरकारले सोही अनुरुप नीति ल्याउनु पर्ने आग्रह गर्दे अनधिकृत स्पेयर पार्टसको आयात रोक्न आधिकारिक व्यवसायलाई प्रोत्साहित गर्नु पर्ने बताए । नेपालको उद्योग व्यवसायको प्रवर्द्धनका लागि नीतिमा स्थिरता हुनु पर्ने भन्दै चौधरीले यस किसिमको नीति निर्माण गर्दा सरकारले नाडालाई पनि एउटा मुख्य स्टेक होल्डरको रुपमा लिनु जानकारी गराए ।

चौधरीले एसेम्बल गरी नेपालमा सवारी साधन उत्पदान गर्ने उद्योगले अनएसेम्बल अवस्थाका सवारी साधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन बिक्रीमा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरिएकोमा नाडाले त्यसको स्वागत गरेको बताए । साथै उनले एसेम्बल कति पार्ट्समा आउनु पर्ने हो, कुन पार्ट्स एसम्बलिङ हो, सरकारले त्यसको स्पष्ट वर्गिकरण गर्नु पर्ने बताए ।

अर्थमन्त्री शर्माले सरकारले नेपालमा उद्योगको उत्थानका लागि उच्च प्राथमिकता दिएको बताउँदै सोही अनुरुपका नीतिहरु ल्याइएको बताए ।

उद्योग व्यवसाय क्षेत्रको समस्या समाधानका लागि सरकारले कर पुनरावलोकन आयोग समेत गठन गर्न लागेको बताए। साथै सरकारबाट भएका कमजोरी खोजी समाधान गरिने मन्त्री शर्माले आश्वासन दिए । छलफलमा नाडाका सचिव अनुप बराल, केन्द्रीय कार्य समिति सदस्य दिपक अग्रवाल, एम ए डब्लु इन्टरप्राइजेजका राजु क्षेत्री, एसएलआर टेक्नो ट्रेडका सुगम घिमिरेको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.