शंखरपुर नगरपालिकाकाे विद्यालयमा मनोपरामर्श कक्ष बनाउँदै सम्भाव्य फाउण्डेसन

  २०७८ भदौ ३० गते १९:०४     विकासन्युज

काठमाडाैं । सम्भाव्य फाउण्डेसनले शंखरपुर नगरपालिकाकाे वडा नं ६ काे विद्यालयमा मनाेपरामर्श कक्ष बनाएर संचालनकाे तयारी गरेकाे छ ।

मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको सम्भाव्य फाउण्डेशनले शंखरपुर नगरपालिकाकाे श्रि भगवती उच्च माध्यामिक विद्यालयमा मनाेपरामर्श कक्ष बनाएर संचालन गर्न लागेकाे हाे ।

फादर जो थालर एण्ड फ्रेण्डस्को सहयोगमा फाउण्डेसनले उक्त विद्यालयमा मनाेपरामर्श कक्ष बनाइरहेकाे छ । उक्त परामर्श कक्ष शुक्रबार उद्घाटन भई संचालनमा आउने फाउण्डेसनकाे सुपरभाइजर केशब श्रीष मगरले बताए ।

मैत्रीनगर किर्तिपुरस्थित सम्भाव्य फाउण्डेशनले नेपालभरिका विद्यालयमा ‘हरेक विद्यालयमा कम्तीमा एकजना मनोसामाजिक परामर्शदाता हुनैपर्छ’ भन्ने नारासहित सामुदायिक विद्यालयहरुमा निःशुल्क मनोपरामर्शदाता उपलब्ध गराउने अभियान चलाइरहेको छ ।

यस अभियान अन्तर्गत सम्भाव्यले नेपालमै पहिलाेपटक दुई सामुदायिक विद्यालयमा मनाेपरामर्श कक्ष स्थापना गरिसकेकाे छ । फाउण्डेसनले सिन्धुपाल्चोक तालामाराङस्थित तेर्से माध्यमिक विद्यालय र बाउनपाटीस्थित जालपादेवी माध्यमिक विद्यालयमा मनाेपरामर्श कक्ष स्थापना गरिसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.