यी हुन् विद्यालय खोल्नुअघि पुरा गर्नुपर्ने सरकारको मापदण्ड

  २०७८ भदौ ३० गते १७:२४     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार बसेको बैठकले भौतिक रुपमा विद्यालय खोल्नुअघि गर्नुपर्ने कार्यहरुको नियम बनाएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा सम्बन्धित सबै सरोकारवालासँग बसेको बैठकले यस्तो नियम बनाएको मन्त्रालयका प्रवक्त डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा कोभिड क्राइसिस म्यानेजमेन्टका प्रमुख तारानन्द शर्मा, शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, अभिभावक संघ, प्याबसन र एनप्याबसनको उपस्थिती रहेको पौडेलले बताए ।

‘बैठकले विद्यालयलाई खोल्नुभन्दा अगाडी विद्यालयलाई नजिकैको स्वास्थ्य संस्था र स्थानिय निकायसँग समन्वय गरी त्यहाँ परीक्षण, उपचार र ट्रेसिङको सम्पुर्ण व्यवस्था मिलाई र विद्यालय रहेको पालिकाको कोभिड-१९ को जोखिम आकलन गर्ने जुन जिल्लास्थित सिसिएमसीले सिफारिस गर्छ, पाैडेलले भने, ‘त्यसको आधारमा शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले कोभिड-१९ बेला विद्यालय संचालन सम्बन्धी जारी गरेको कार्यढाँचा २०७७ को पुर्ण पालना गरी अभिभावक, शिक्षक र विद्यार्थीहरुलाई कोभिड १९ सम्बन्धी अभिमुखीकरण गरेर मात्र निकट भविष्यमा विद्यालय संचालन गर्ने हिसाबले तयारी गर्न अनुरोध गरेको छ ।’

विद्यालयहरु सुचारु राख्ने नराख्ने निर्णय त्यहाँको स्थानिय सरकारले जोखिम अनुसार गर्नेहुँदा विद्यालय खोल्ने निर्णय गर्नुअघि सबै पुर्वतयारी पुरा गरी विद्यालयमा रहने कर्मचारी विद्यार्थी र शिक्षकहरु सबैको स्वास्थ्य सुरक्षामा ध्यान दिई शिक्षा मन्त्रालयले विद्यालय संचालन सम्बन्धी जारी गरेको कार्यढाँचा २०७७ काे नियम पालन गर्नुपर्ने उनले बताए ।

देशमा संक्रमण घटे पनि जोखिम नघटिसकेको र देशभरका सबै पालिका र सबै विद्यालयमा एउटै अवस्था नरहेको भन्दै मन्त्रालयले सबै निकायलाई यस विषयमा संवेदनशिल रहन आग्रह गरेको छ ।

यसअघि उपत्यकाको ३ सिडिओको बैठकले असोज १ गतेबाट सबै विद्यालहरु पालिकाले अनुमति दिए भौतिक रुपमा खोल्न पाउने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.