बालबालिकामा हुन सक्ने दुर्घटनाको सम्भावना कसरी कम गर्ने ?

  २०७८ भदौ ३० गते ११:५३     डा. प्रकृति भण्डारी

बालबालिकालाई यो रोग लाग्ला वा त्यो रोग लाग्ला भन्ने आमाबुवाको विशेष चिन्ताको विषय हो। तर त्यो सँगसँगै चोटपटक लाग्ला की, दुर्घटना होला की भन्ने पनि उती नै चिन्ताको विषय हो । र हुनु पनि पर्छ किनकी बालबालिकामा दुर्घटना हुन सक्ने सम्भावना बेसी हुन्छ र त्यही कारणले बालबालिकाकाे मृत्यु हुने संख्या पनि निकै धेरै रहेकाे छ ।

चोटपटक जुनसुकै उमेरको बालबालिकालाई लाग्न सक्छ र यो एउटा मृत्युसम्मको कारण बन्न सक्छ तर यसप्रति विशेष ध्यान पुर्याउने हो भने यो एउटा रोकथाम गर्न सकिन्छ ।

बालबालिकालाई धेरै जस्तो हुने दुर्घटना अन्जानमा हुने गरेको छ । यसमा सडक दुर्घटना प्रमुख कारण हो भने, पानीमा डुबेर निम्तिने दुर्घटना अर्को कारण हो । त्यस्तै तातो कुराले अन्जानमा पोलिने, विषालु तत्व अन्जानमा खाने, विभिन्न उचाईबाट लड्ने, कतै खेल्दा खेल्दै वा सुत्ने ठाउँ मै विभिन्न कारणले निसासिने, साना कुराहरु मुखमा हालेर घाँटीमा अड्किने रहेकाे छ । याे बालबालिकामा धेरै जसो दुर्घटना हुने कारणहरु हुन् । किशोर किशोरीमा भने जानीजानी आफ्नै कारणले पनि दुर्घटना निम्तिने गरेको छ।

बालबालिकामा हुन सक्ने यी सबै सम्भावित दुर्घटनाबाट बचाउन के के गर्न सकिन्छ ,उमेर अनुसार गर्नु पर्ने रोकथाम हरु के के छन् त ?

१) नवजात शिशु

– बच्चाको वरपर खेलौना राखेर सुताउनु हुँदैन । नजिकै खेलाैना राखेर सुत्नु नवजात शिशुको रहर हाेइन, याे केवल आमाबुवाको रहर हो तर तपाईंको यो रहरले आफ्नु बचाउ गर्नै नसक्ने त्यो निर्दोष बच्चा थिचिने वा निसासिने हुनसक्छ जसले बच्चाकाे मृत्युसम्म हुनसक्छ।

– बच्चालाई सेकाउने भनेर प्रयोग गरिने सबै धुवाँ धूलो गराउने कुराहरु वा अक्सिजन नै नपाइने गरी गुम्स्याउने चलन वा बच्चालाई तातो बनाउने भन्दै आगोको नजिकै राखिने चलनले निकै दुर्घटना निम्तिन्छ त्यसैले यस्ताे कार्यलाई बन्द गर्नुहाेस् ।
– कारमा चढाउँदा कार सिटको प्रयोग गर्नुहाेस्
– नुहाइदिँदा विशेष ध्यान दिएर नुहाउनु पर्छ
– बच्चालाई २४ घण्टा नै निगरानी गर्ने

२) १ वर्ष भन्दा सानो शिशु

– कार सिटको प्रयोग गर्ने
– नुहाउँदा विशेष ध्यान दिने
– साना साना मुखमा हाल्न सक्ने र अड्किन सक्ने कुराहरुबाट बच्चालाई जोगाउनु पर्दछ
-२४ घण्टा नै निगरानी गर्ने

३) ५ वर्ष मुनि

– उमेर अनुसारको कार सिटको प्रयोग गर्ने
– औषधि र अन्य विषालु वस्तु बच्चाले भेट्नै नसक्ने ठाउँमा राख्ने
– बच्चा लडेर गम्भिर चोट लाग्न सक्ने सम्भावना भएका सम्पूर्ण ठाउँहरूमा विशेष ध्यान पुर्याउने
– डुब्न सक्ने सम्भावना भएका ठाउँहरुबाट जोगाउने
– आगोहरु र तातो वस्तुहरूबाट टाढा राख्ने
– भरसक एक्लै कहीँ नछोड्ने

४) ५ वर्ष माथि

– बाटोको नियमहरु सिकाउने
– उमेर अनुसारको पौडी खेल्न सिकाउने
– उमेर अनुसारको सिटमा राख्ने र सिट बेल्टहरु लाउन सिकाउने
– साइकलको हेलमेटहरु लाउन सिकाउने
– आगोहरुबाट जोगाउने
– खेलहरु सतर्क र सुरक्षित भएर खेल्न सिकाउने

५) किशोर अवस्थाका बच्चाहरु

– कुलत र कुसंगतबाट जोगाउने
– सुरक्षित भएर हिँड्न ,खेल्न सिकाउने
– केही मानसिक समस्या वा केही समस्या जस्तो लागे बालरोग विशेषञ वा मनोरोग विशषज्ञसँग सल्लाह लिने ।

सामान्य चोटपटक बच्चाहरुलाई लाग्न सक्छ तर त्यो भन्दैमा घगभिर चोट लाग्न सक्ने सम्भावनालाई भने बेवास्ता गर्नु हुँदैन। पहिले नै सतर्क रहेर रोकथाम गरे धेरै गम्भीर दुर्घटनाका सम्भावनाहरु कम गर्न सकिन्छ ।

तसर्थ आफूले सकेसम्म दुर्घटनाको जोखिमहरू कम गरौं र बालबालिकालाई सकेसम्मको सुरक्षित बाल्यकाल दिने कोशिस गरौं ।

(लेखक कर्णाली प्रदेश अस्पतालकाे बालराेग विशेषज्ञ हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.