आजदेखि कक्षा १२ को परीक्षा, ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुँदै

  २०७८ भदौ ३० गते १०:२४     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आज बुधबारदेखि सञ्चालन हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षा आगामी असोज ८ गतेसम्म हुनेछ । परीक्षा बिहान ११ बजे शुरु हुँदैछ ।

यसअघि बोर्डले दुई पटक जेठ २६ देखि असार ४ गतेसम्म र साउन ३१ देखि भदौ ९ गतेसम्म हुने भनिएको परीक्षा कोरोना संक्रमण जोखिमका कारण स्थगित गरेको थियो ।

पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदै छ। होम सेन्टर मार्फत हुने परीक्षामा ३ लाख ७४ हजार परीक्षार्थी सहभागी हुँदैछन् भने ४ हजार ३१५ वटा परीक्षा केन्द्र तोकिएका छन्।

परीक्षा बोर्डका अनुसार धेरैजसो विद्यार्थीले कोरोनाविरुद्ध खोप लगाइसकेको र संक्रमण पनि कम हुँदै गएकाले परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.