सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ्गबीच निक्षेप सदस्यता सम्बन्धि सम्झौता

  २०७८ भदौ २९ गते १८:५२     विकासन्युज

काठमाडाैं ।  सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ्गबीच निक्षेप सदस्यता सम्बन्धि सम्झौता सम्पन्न भएको छ । याेसँगैं अब सांग्रिला डेभलपमेन्ट बैंकले पनि निक्षेप सदस्यको रुपमा सर्वसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ ।

एक कार्यक्रमकाबीच सिडिएस एण्ड क्लियरिङ्गको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले सयुक्त रुपमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

योसँगै अब निकट भविष्यमै सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना सम्पूर्ण ९६ वटै शाखा कार्यालयहरु मार्फत निक्षेप सदस्यता सम्बन्धि कार्य सञ्चालनमा ल्याउनेछ ।

बैंकले मुलुकभर रहेकाे ९६ शाखा कार्यालयहरु र ३१ एटिएममार्फत सुविधा दिँदै आएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.