एक हजार ५६२ सङ्क्रमित थपिए, १९ जनाको निधन

  २०७८ भदौ २९ गते १८:१३     विकासन्युज

काठमाडाैं । आज एकै दिनमा एक हजार ५६२ मा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १४ हजार ४४३ मा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । नेपालमा सङ्क्रमणको दर १९ दशमलव तीन प्रतिशत पुगेको छ ।

हाल सक्रिय सङ्क्रमित २६ हजार २०२ रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ र २०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २० रहेका छन् । यस्तै आज एक हजार ५८९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म सात लाख ४२ हजार ३०३ सङ्क्रमति सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत रहेको छ ।

यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा १९ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ९८४ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३७० दशमलव दुई जनाको कोरोना सङ्क्रमणबाट निधन हुने गरेको छ ।

हाल ४५३ सघन उपचार कक्ष (आइसियु), १३७ जना भेन्टिलेटर, २४ हजार ६९० होम आइसोलेसन, एक हजार ५१२ जना संस्थागत आइसोलेसन र २२३ जना क्वारेन्टिनमा रहेका छन् । आज ८८ हजार १८४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५८ लाख ७७ हजार ७९ जनाले पहिलो मात्र र ५२ लाख ४३ हजार २३६ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.