मञ्जुश्री फाईनान्सको ३ स्थानमा शाखा कार्यालय विस्तार

  २०७८ भदौ २९ गते १७:०९     विकासन्युज

काठमाडौं । मञ्जुश्री फाईनान्सले ३ स्थानमा आफ्नो शाखा विस्तार गरेको छ । फाईनान्सले नवलपुर जिल्लाको गैंडाकोट, चितवन जिल्लाको हाकिमचौक भरतपुर र पर्साबजारमा शाखा विस्तार गरी कारोबार सुरु गरेको हो ।

फाईनान्सको सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यहरुले उक्त ३ शाखा कार्यालयको उद्घाटन गरे ।

काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगञ्ज,धरान,पोखरा, विरगञ्ज, मुर्गिया,योगीकुटि,मणिग्राम र भैरहवा मा १५ वटा शाखा रहेका थिए भने अब थप ३ सहित शाखा संख्या १८ रहनेछ ।

२०७८ साल अषाढ मसान्तसम्म ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं ५० करोड डिबेन्चर जारी गरेको यस फाईनान्सले ८।९१ अर्ब निक्षेप संकलन गरी ७।९५ अर्ब कर्जा परिचालन गरेको छ ।

यसका साथै यस फाईनान्सले विप्रेशण, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.