सुपथ मूल्य पसल असोज १ गतेदेखि, कर्णीलीको सिमी र चिनी नपाइने

  २०७८ भदौ २९ गते २०:४९     विकासन्युज

काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गर्दै असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित तीन कम्पनीहरु खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ड ट्रेडिङ कर्पाेरेशन र दूग्ध विकास संस्थान (डीडीसी) ले सुथप मूल्य पसल सञ्चालनको तयारी गरेका छन् ।

कुनै एक कम्पनीले यसअघि बिक्री वितरण गर्दै आएका सामग्रीहरु सहुलियत पसलमा एकै स्थापना सुपथ मूल्यमा उपलब्ध हुनेछ ।
तर यस वर्षको सहुलियत पसलमा उपभोक्ताले चिनी र कर्णीलीको सिमी नपाउने भएका छन् । बजार मूल्यभन्दा सस्तो मूल्यमा खाद्य कम्पनीले उपलब्ध गराउँदै आएको सिमीको मौज्दात सकिएपछि बजारमा अभाव हुने देखिएको कम्पनीले जनाएको छ ।

यस्तै, अर्थ मन्त्रालयले चिनी खरिदको अनुमति नदिदा साल्ट ट्रेडिङ कर्पाेरेशनले बिक्री गर्दै आएको चिनी समेत सहुलियत पसलमा उपलब्ध नहुने कम्पनीले जनाएको छ ।

खरिद प्रक्रियामा सिमी

खाद्य कम्पनीले कर्णालीको सिमीको मौज्दात सकिएको थप खरिदको प्रक्रियामा रहेको जनाएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले सुपथ मूल्य पसलका लागि सुर्खेतबाट थप सिमी खरिदको प्रक्रियामा रहेको जानकारी दिईन ।

‘गत वर्ष कोभिड–१९ का कारण हामीले थप सिमी खरिद गर्न सकेनौँ । गत वर्षको मौज्दातको बिक्री वितरण गर्दै आएका थियौँ । केही समय अघि मात्र मौज्दात सकिएपछि थप खरिदको प्रक्रियामा छ । सम्भवत सुपथ मूल्य पसलमा सिमी राखिन्छ’, उनले भनिन, ‘सुपथ मूल्य पसलमा सिमी राख्ने तयारी गरेर नै हामीले छुट समेत घोषणा गरिसकेका छौँ । सम्भव भएसम्म सो पसलमा कणार्लीको सिमी आउँछ । साल्ट ट्रेडिङ कर्पाेरेशनले दिएमा चिनी पनि राखिनेछ ।’

यस्तै, साल्ट ट्रेडिङ कर्पाेरेशनले सहुलियत पसलमा चिनी नराख्ने जनाएको छ । कम्पनीसँग चीनिको मौज्दात कम भएको भन्दै कम्पनीले यसअघि नै नराख्ने जनाएको हो ।

कर्पाेरेशनले चिनीकाे बिक्री वितरण नगर्ने भएसगैँ नेपाली उपभोक्ताले दशै तथा तिहारका लागि आवश्यक पर्ने चिनी महङगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता रहेको छ । कर्पाेरेशनले प्रतिकिलो ७८ रुपैयाँमा बिक्री गर्ने चीनि खुद्रा बजारमा १ सय रुपैयाँभन्दा बढी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.