एक दिनको लागि १६ वर्षीय किशोरी बनिन् गाउँपालिकाकाे अध्यक्ष

  २०७८ भदौ २९ गते १४:५९     विकासन्युज

काठमाडौं । मोरङ जिल्लाको बुढीगंगा गाउँपालिकामा एक दिनको लागि १६ वर्षीय किशोरी अध्यक्ष बनेकी छन् । गाउँपालिकाले ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा सुस्मिता ऋषिदेवलाई एक दिनका लागि अध्यक्षको जिम्मेवारी दिएको हो ।

राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा ऋषिदेवलाई एक दिने गाउँपालिका अध्यक्ष बनाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्मरुबल्लभ बरालले जानकारी दिए ।

ऋषिदेवले ११ बजे कार्यभार सम्हालेकी हुन् । उनले आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका अध्यक्षले गर्ने सबै काम गर्न पाउनेछिन् ।

१६ वर्षीय ऋषिदेवले आज पालिकाको स्वास्थ्य संस्था र विद्यालयहरू अनुगम गरी रहेको पनि अधिकृत बरालले बताए । गाउँपालिकाले अझै २ देखि ३ ओटा महत्वपुर्ण निर्णय गरी बालबालिकाको क्षमता अभिवृद्धि गर्नको लागि कोष खडा गरेर ५० हजार रुपैयाँ बजेट पनि विनियोजन गरेको बरालले जानकारी दिए ।

बालबालिकाको क्षमता अभिवृद्धि गर्न र गाउँपालिकाको भइरहेका गतिविधि बारे उनीहरूलाई राम्रो जानकारी दिन यस्ताे कार्यक्रम गरिएकाे अधिकृत बराल बताउँछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.