८ वर्षपछि पुरानै ब्राण्डमा गुण एयरलाइन्स, असोज १ गतेदेखि उडान सुरु

  २०७८ भदौ २९ गते १२:४१     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित गुण एयरलाइन्सले असोज १ गतेदेखि आन्तरिक उडान सुचारु गर्ने भएकोे छ । यसअघि सिम्रिक एयरलाइन्सको नामबाट उडान सञ्चालन गर्दै आएको सो एयरलाइन्सको नाम परिवर्तन पछि असोज १ गतेबाट उडान सुचारु गर्न लागेको हो ।

कम्पनीले सिम्रिक एयरलाइन्सले उडान गर्दै आएकोे गन्तव्य मध्ये पहिलो चरणमा भरतपुर र पोखरामा उडान सञ्चालनको तयारी गरेको हो । तयारी स्वरुप मंगलबारदेखि २ गन्तव्यका लागि टिकट बुकिङ खुला गरिएको कम्पनीले जनाएको छ ।

गुण एयरलाइन्सका प्रवक्ता एवम् बजार तथा बिक्री प्रमुख प्रज्वल थापा असोज १ गतेबाट दुई गन्तव्यमा उडान सञ्चालनको तयारी स्वरुप आजबाट बुकिङ खुला गरिरएको बताउँछन् ।

‘हामीले सुरुवाती चरणमा काठमाडौँ–भरतपुर र काठमाडौं–पोखरा उडान सुचारु गछौँ । पहिलो उडान भएको १ सातापछि पुनः अन्य गन्तव्यमा उडान सुचारु गर्ने तयारीमा छौँ’, उनले भने, ‘उडान सुचारुको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।’

कम्पनीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई आधार बनाएर काठमाडौंबाट पोखरा, भरतपुर, भैरहवा, सिमरा, जनकपुर, विराटनगर, नेपालगन्ज र तुम्लिङटार लगायतका गन्तव्यमा उडान विस्तारको तयारी गरेको जनाएकोे छ ।

बक्यौता भुक्तानी पछि उडान अनुमति

सिम्रिक एयरलाइन्सको नाममा रहेको विमानस्थल सेवा शुल्क बापतको बक्यौता रकम भुक्तानी गरेपछि क्यानले उडान अनुमति दिएको हो । यसअघि नै उडानको तयारी गरेतापनि पुरानो रकम भुक्तानी नहुँदासम्म क्यानले उडान अनुमति दिएको थिएन ।

२०७६ चैत देखि उडान बन्द गरेको सिम्रिक एयरलाइन्सको बक्यौता सवा २ करोडभन्दा बढी थियो ।

गुणसँग अहिले ७ वटा जहाज भएको छ। जसमा २ वटा सिम्रिकमा नाममा रहेको विचक्राफ्ट जहाज र यती एयरसँग किनेको ५ वटा जेट स्ट्रिम जहाज रहेको छ।
८ वर्षपछि पुरानै ब्राण्डमा

८ वर्षअघि बन्द भएको गुण एयरलाइनस पुरानै ब्राण्डमा फर्कने तयारी गरेको छ । तत्कालीन समयमा पुरानो ब्राण्ड छोडेर सिम्रिक एयर भएको गुण बन्द भएको ८ वर्षपछि पुरानै ब्राण्डमा फर्किएको हो ।

सन् २०१३ मा व्यवसायिक उडान बन्द भएको गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र शाक्यले यसअघि सञ्चालनमा रहेको सिम्रिक एयरलाइन्सको नाम परिवर्तन गरी गुण एयरलाइन्सबाटै उडान भर्न लागेका हुन ।

कम्पनीले निजी क्षेत्रको लगानीमा सञ्चालित यती एयरलाइन्ससँग भएको ५ थान जेट इञ्जिन विमान खरिद गरी ब्राण्ड नामसमेत परिवर्तन गरिसकेकाे छ ।

यती एयरलाइन्सले सन् १९९८ मा खरिद गरेको ५ थान विमान केही समयअघि मात्र गुण एयरलाईन्सले खरिद गरेको थियो । यतीसँग किनेको ५ थान जहाज गरी सिम्रिकसँग ७ थान विमान रहेका छन् ।

थप समाचार

८ वर्षपछि पुरानै ब्राण्डमा फर्किदै गुण एयरलाइन्स, मन्त्रालयबाट पायो ५ जहाज उडानको अनुमति

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.