प्रभु क्यापिटलकाे ‘लिटिल च्याम्प’ योजना, १६ वर्षसम्मका छोराछोरीको लागि लगानी गर्न सकिने

  २०७८ भदौ २९ गते ११:३८     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलले ‘प्रभु लिटिल च्याम्प पीएमएस’ योजनाको शुरुवात गरेको छ । क्यापिटलले भदौ २९ गते बालदिवसको अवसरमा स-साना नानीबाबुलाई लक्षित गरेर उक्त योजना ल्याएको हो ।

यो योजना अन्तरगत क्यापिटलले भर्खरै जन्मिएका बच्चादेखि १६ वर्षसम्मका छोरा/छोरीहरुको सुरक्षित भविष्यको लागि लगानी गर्न चाहने सेवाग्राहीलाई लगानी व्यवस्थापन सेवा प्रदान गर्नेछ । यो योजनामा नानीबाबुहरु पीएमएस सेवा लिनको लागि जोडिएपश्चात क्यापिटलले एउटा पिएमएस वापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने छ ।

क्यापिटलले व्यवसायसँगै संस्थागतरुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले शुरुवात गरेको यो योजनामा जोडिएर आफ्नो छोराछोरीको उज्वल भविष्यलाई लक्षित गर्दै यो लगानी व्यवस्थापन सेवामा जोडिएर सामाजिक कार्यमा सहयोगी बन्न सकिने छ ।

‘हजुरको छोराछोरीको लागि लगानीसँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मुल नारा सहित सञ्चालन गरिने यो योजनालाई क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्नेछ ।

यसमा न्यूनतम ५ वर्षसम्म लगानी गर्न सकिने छ । जसमा ८ प्रतिशत हर्डल रेट, २ प्रतिशत वार्षिक व्यवस्थापन शुल्क(एएमसी) र मुनाफामा लाग्ने शुल्क २० प्रतिशत रहेको क्यापिटलले जनाएको छ । यसको लकइन अवधि ५ वर्ष रहेको छ । त्यसैगरी लक इन अवधि अगावै योजना बन्द शुल्क ३ प्रतिशत रहेको छ ।

क्यापिटलका अनुसार न्यूनतम लगानी अवधि पश्चात मात्रै नाफा वितरण गरिने छ । साथै, गरीब तथा पिछडिएका बालबालिकालाई १ वर्षको लागि सम्पूर्ण विद्यालय खर्च क्यापिटलले स्पोन्सर गर्ने क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेको शाखाबाट यो योजनामा सहभागी हुन सक्नेछन् । यसरी सहभागी भएका सेवाग्राहीहरुले आफ्नो लगानी व्यवस्थापन के कसरी भइराखेको छ भनेर अनलाइनबाटै दैनिक हेर्ने व्यवस्था मिलाउनुका साथै साप्ताहिक रुपमा क्यापिटलको इमेलमा साप्ताहिक प्रतिवेदन प्राप्त गरी लगानीको अवस्था हेर्ने व्यवस्था मिलाएको क्यापिटलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.