एक सातामा विकास बैंकको कर्जा ३ अर्बले बढ्यो, निक्षेपमा झिनो सुधार

  २०७८ भदौ २९ गते ११:०२     विकासन्युज

काठमाडौं । एक सातामा विकास बैंकहरुको कर्जा लगानी ३ अर्ब १४ करोड रुपैयाँले बढेको छ । बैंकहरुको कर्जा एक सातामा ०.७३ प्रतिशतले बढेर ४ खर्ब ३६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

गत साता विकास बैंकहरुको कुल कर्जा ४ खर्ब ३३ अर्ब ८ करोड रुपैयाँ थियो ।

यस्तै, विकास बैंकहरुको कुल निक्षेप ४ खर्ब ८९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । गत साता विकास बैंकहरुको कुल निक्षेप ४ खर्ब ८८ अर्ब ५४ करोड थियो । एक सातामा ७३ करोड रुपैयाँ निक्षेप बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.