होण्डाको स्किमः बाइक तथा स्कुटर किन्ने ७ जनालाई एक/एक लाख, बम्परमा थप १५ लाख पनि

  २०७८ भदौ २९ गते ११:०२     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले “होण्डाको साथ ७” नामक स्किम ल्याएको छ । कम्पनीले दशैं तथा तिहार स्किम अन्तर्गत नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरिएको यो योजना सार्वजनिक गरेको हो ।

यस योजनामा हरेक प्रदेशबाट होण्डाको मोटरसाइकल तथा स्कुटर खरिद गर्ने १ जनालाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । यो योजनाको समय अविधि भर होण्डाका ग्राहकहरुले स्क्रयच कुपन मार्फत हात खाली नजाने गरी १ लाख रुपैयाँसम्म नगद उपहार पाउने कम्पनीले जनाएको छ । यसका साथै यो योजना अन्तर्गत ग्राहकले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी होण्डा बिग बाइकको खरिदमा ४० हजारसम्मको क्यास ब्याक पाउन सक्नेछन् । यति मात्र नभई यस योजनामा ग्राहकले मात्र १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको इएमआइ र १ प्रतिशत ब्याजदरमा समेत होण्डा खरिद गर्न सक्नेछन् ।

बम्परमा सहभागी १ जना भाग्यशाली ग्राहकले १५ लाखसम्मको नगद पुरस्कार जित्ने मौका प्राप्त गर्नेछन् । यो योजना सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.