शिव शक्ति ग्रुप बन्याे काठमाडौं किङ्गसको गोल्ड पार्टनर

  २०७८ भदौ २८ गते १९:३३     विकासन्युज

काठमाडौं । शिव शक्ति ग्रुप काठमाडौं किङ्गस एक्सआइको गोल्ड पार्टनर भएको छ ।
टेलि होल्डिङ्गस अन्तर्गतको एभरेष्ट प्रिमियर लिगमा खेल्ने फ्रान्चाइज टोली काठमाडौं किङ्गस एक्सआइ र शिव शक्ति ग्रुपको फ्यामिली वोइल र उर्जा राइसबीच यसबारे सोमबार सम्झौता भएको हाे ।

सम्झाैतापश्चात शिव शक्ति ग्रुपका निर्देशक सन्दिप अग्रवालले नेपालको खेलकुद क्षेत्र अझै उच्च मुकाममा पुग्न बाँकी रहेकाे र आफुहरुले सामाजिक उत्तरदायित्वको महत्व बुझेर नेपाली क्रिकेटरहरुको प्रतिभामा निखार ल्याउन मद्दत गर्ने नेपालकै उत्कृष्ट लिगमा लगानी गरेकाे बताए ।

यसपालिको इपिएलमा काठमाडौं किङ्गस एक्सआइमा पाकिस्तान राष्ट्रिय टोलीका पूर्व कप्तान शाहिद आफ्रिदी, सन्दिप लामिछाने, इन्डियन प्रिमियर लिग आइपिएलमा खेल्ने एकमात्र नेपाली खेलाडी सुबास खकुरेल, शेर मल्ल र अरु प्रतिभाशाली खेलाडीहरु छन् ।

इपिएल किर्तिपुर मैदानमा यही २५ सेप्टेम्बरबाट सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.