सेन्ट्रल फाईनान्सलाई भुक्तानी सेवा प्रदायक अनुमति

  २०७८ भदौ २८ गते १८:१४     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सेन्ट्रल फाईनान्स लिमिटेडलाई भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति प्रदान गरेको छ ।

याे अनुमतिसँगैं फाईनान्सले आफ्ना बचतकर्ता/ग्राहकहरुको लागि आफ्नै मोबाईल बैंकिङ्ग एप सेवा सञ्चालन गर्ने छ । ग्राहकहरुले गुगलको प्ले स्टोर तथा एप्पलको एप स्टोरबाट मोबाइल बैंकिङ्ग एप डाउनलोड गर्न सक्नेछ ।

हाल यस संस्थाले डेबिट कार्ड, एसएमएस बैंकिङ्ग, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स तथा सी–आस्वा जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको र विभिन्न शाखा कार्यालयहरुमा एटीएम मेसिन पनि संचालन गरिरहेको छ ।

चुक्ता पूंजी ८८ करोड १० लाख रहेको यस संस्थाले ५ अर्ब ७४ करोड ६५ लाख ६९ हजार निक्षेप संकलन गरी ४ अर्ब ४७ करोड ५३ लाख १० हजार कर्जा प्रवाह गरेको छ ।

ललितपुरको कुपण्डोलमा संस्थाको आफ्नै कर्पोरेट भवनमा केन्द्रीय कार्यालयसहित विभिन्न जिल्लामा १५ वटा शाखाबाट संस्थाले बैंकिङ्ग कारोबार सञ्चालन गरीरहेकोमा छिट्टै झापाको बिर्तामोडमा पनि नंया शाखा थप गर्न लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.