नबिल ब्यालेन्सड् फण्ड–३ मा मागभन्दा बढीको आवेदन, भाेली अन्तिम दिन

  २०७८ भदौ २८ गते १७:२५     विकासन्युज

काठमाडाैं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना “नबिल ब्यालेन्सड् फण्ड–३ मा तीन दिनमा  माग भन्दा बढि इकाई खरीदका लागि आवेदन परेकाे छ ।

तीन दिनमा यस म्युचुअल फण्डमा १२ कराेड ६२ लाख ५५ हजार ४० रुपैयाँ बराबरकाे इकाइ खरिदकाे लागि आवेदन परेकाे हाे । याे माग गरिएको आवेदन रकमभन्दा २५ प्रतिशतले बढी हाे ।

नबिलले प्रतिइकाई १० रुपैयाँ अंकितका दरले १० करोड इकाईको सार्वजनिक निष्कासन गरेकाे थियाे । यो फण्डमा न्यूनतम १०० ईकाइदेखि एक करोड ईकाइसम्मका लागि आवेदन दिन सकिनेछ । यस ईकाइमा आवेदन दिनुपर्ने भाेली अन्तिम दिन हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.