जिडब्लुएमले ह्याभल जोलियन मोडलमा टप भेरिएन्ट नेपाल भित्र्याउँदै

  २०७८ भदौ २८ गते १३:४५     विकासन्युज

काठमाडौं । जिडब्लुएम नेपालले आकर्षक फिचरहरुसहितको टप भेरिएन्टमा ह्याभल जोलियन नेपाल भित्र्याउने भएको छ ।

६० वटा मुलुकहरुमा ६५ लाख भन्दा धेरै बिक्री भइसकेको ह्याभल विगत ११ वर्ष देखि चीनमा एसयुभि बिक्री गर्ने नम्बर १ ब्राण्ड हो । यस गाडीले यात्रालाई अझ सान्दार बनाउने कम्पनीको दाबी छ ।

कलात्मक र आधुनिक इन्जिजियरिङबाट निर्मित जाेलियन १८ इन्चको अल्मिनियम अलाई विहल्स, ७३ प्रतिशत हाई स्ट्रेन्थ स्टिल बडीदेखि सिक्स-वे इलेक्ट्रिक एडजस्टेबल ड्राइभर सिटसम्म राखेर बनाइएकाे छ । यसको प्यानोरामिक सनरुफ र डुयल जोन अटो एसीले आरामदायी यात्रालाई सान्दार थप्न मद्दत गर्दछ ।

१.५ लिटरकाे पेट्रोल टुर्बो इन्जिन, सिक्स ओम्नी डिरेक्सनल एयरब्यागसको सुरक्षा, ३६० डिग्री भ्यु, ब्लाइन्ड स्पट मोनिटरिङ्ग र हिल होल्ड कन्ट्रोल एण्ड हिल डिसेन्ट कन्ट्रोल भएको यस जोलियन ग्राहककाे सुरक्षालाई ध्यानमा राखेर बनाइएकाे कम्पनीले जानकारी दिएकाे छ । यसको आकर्षक हेड्स अप डिस्प्ले गाडीको गति आदिको सूचना दिएर यात्रालाई सुरक्षित बनाउँदछ ।

यसकाे कारप्ले र एन्ड्रोइड अटोसहितको १२.३ इन्च स्मार्ट टच स्क्रिनले यात्रा अझ राम्राे बनाउने कम्पनीकाे दावी छ ।

बजारमा ह्याभल जोलियनको स्टारटिङ्ग भेरियन्ट र हाइ भेरियन्ट पहिले नै उपलब्ध छन् र यसले सकारात्मक समिक्षा पाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.