डिशहाेमले ओमानमा हुने सिडब्लुसी लिग २ ट्राइ नेसन सिरिजको प्रत्यक्ष प्रशारण गर्ने

  २०७८ भदौ २८ गते १२:०३     विकासन्युज

काठमाडाैं । डिसहाेमले ओमानमा हुने सिडब्लुसी लिग २ ट्राइ नेसन सिरिजको प्रत्यक्ष प्रशारण गर्ने भएकाे छ । साेमबार नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्क लिमिटेड बीच उक्त खेलकाे प्रत्यक्ष प्रशारण गर्ने सम्झाैता भएकाे हाे ।

डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौता अन्तर्गत ओमानमा आयोजना हुने खेलहरु डिशहोमले एक्सन स्र्पोर्टस एचडिआइ १ र डिशहोम गो ओटिटि एप मार्फत प्रत्यक्ष प्रशारण गर्नेछ ।

सिडब्लुसी लिग २ ट्राइ नेसन सिरिजका छ वटा म्याचहरु यही भदाै २८ गते देखि असोज ४ गते सम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.