नेपालमा अब अटोमोबाइल उद्योगहरुको उदय हुन्छ: नाडा

  २०७८ भदौ २७ गते १८:४६     विकासन्युज

काठमाडाैं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सरकारले ल्याएकाे प्रस्तावित बजेट सकारात्मक रहेकाे धारणा राखेकाे छ । नाडाले आइतबार विज्ञप्ति जारी गर्दै सरकारले ल्याएकाे प्रस्तावित बजेट सकारात्मक रहेकाे उल्लेख गरेकाे हाे ।

अर्थमन्त्री जनार्दन शर्माले आफनो प्रतिस्थापन बजेट मार्फत एसेम्बलगरी नेपालमा सवारी साधन उत्पदान गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२ ८७.०३ र ८७.११ मा पर्ने सवारी साधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन बिक्री गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था सकारात्मक रहेकाे नाडाकाे धारणा छ ।

नाडाले झण्डै एक दशकअघि देखि नै सरकारलाई नेपालमा सवारीसाधन उत्पादन गर्ने एसेम्बल उद्योग स्थापनाका लागि अन्तशुल्क र भन्सार महशुल दुवैमा ५० प्रतिशत छुट दिन अनुरोध गर्दे आएको थियाे ।

तर त्यस्ता सवारीसाधनहरु उत्पादन गर्ने एसेम्बलिङ्ग उद्योग सञ्चालन गर्नका लागि त्यससँग सम्बन्धित ऐन र नीति नियमहरुको स्थिरता पनि त्यतिकै महत्वपूर्ण हुने सन्दर्भमा सरकार परिवर्तन हुँदैमा त्यस्ता उद्याेगहरुलाई कुनै असर पर्न नहुने धारणा विज्ञप्तिमा उल्लेख छ ।

‘आजको यस्तो कोरोना महामारीको समयमा सार्वजनिक प्रयोजनका सवारी साधनहरु प्राय प्रयोग नहुने सन्दर्भमा मोटरसाइकल जस्ता नीजि सवारी साधनहरुले नै विरामी लगायत आवश्यक उपभोग्य बस्तुहरु समेतको ओसार पसार गर्नु पर्ने अवस्थामा मोटरसाइकलको प्रयोगमा अत्याधिक बृद्धि भएको छ र सरकारले यसलाई अझै थप प्रोत्साहन गर्नु पर्ने देखिन्छ,’ विज्ञप्तिमा लेखिएकाे छ ।

यस्तै नाडाले वर्तमान बजेटले मोटरसाइकलको सेगमेन्टमा सडक निर्माण दस्तुर र अन्तःशुल्क महशुल दुवैमा गरेकाे वृद्धिले प्रयोगकर्तालाई थप आर्थिक भारका साथै अलमलमा समेत पार्ने भएकोले गतवर्ष कायम गरिएकाे व्यवस्थालाई नै निरन्तरता दिन सरकारसँग अनुराेध गरेकेा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.