असाेज ४ गतेसम्म निसान लिफ टेस्ट ड्राइभ गर्दा जित्नुहाेस् उपहार

  २०७८ भदौ २७ गते १६:३३     विकासन्युज

काठमाडाैं । निसान कम्पनीले जापानमा उत्पादन गरेको विद्युतिय बाहन ’निसान लिफ’ अब काठमाडौंमा टेस्ट ड्राइभको लागि उपलब्ध भएको छ ।

नेपालमा निसान तथा ड्याट्सन् गाडीको आधिकारिक विक्रेता ’पायोनीयर मोटो कर्प’ ले निसान लिफ को टेस्ट ड्राइभको लागि यहि भदाै २८ गते देखि असोज ४ गते सम्म ’निसान लिफ टेस्ट ड्राइभ सप्ताह’ संचालन गर्न गइरहेको छ ।

यस सप्ताहमा इच्छुक ग्राहकहरुले टेस्ट ड्राइभ गरी विभिन्न उपहार जित्नुका साथै एक्सचेन्ज सुविधा, मुल्यांकन सुविधा तथा वित्तपोषण सुविधा पनि पाउने व्यवस्था मिलाएको कुरा कम्पनीले जानकारी दिएको छ । यो टेस्ट ड्राइभ सप्ताह यहि भाद्र २८ गते देखि असोज ४ गतेसम्म निसान कम्पनीको काठमाडौँमा रहेको (थापाथली तथा उत्तर ढोका) शोरूममा बिहान १० बजे देखि सुरु हुनेछ ।

नेपाल भित्रिनुभन्दा पहिले नै यो गाडीको विश्वभर १० वर्षभन्दा बढी परीक्षण भैसकेको छ । यस अवधिमा विश्वमा ५ लाखभन्दा बढी निसान लिफ बिक्रि भैसकेको छ भने निसान लिफले विश्वभर १२ अर्ब किलोमीटरको यात्रा तय गरिसकेको छ ।

निसान लिफ नेपालमा ११ आकर्षक रंगहरुमा उपलब्ध छ । यस गाडीको ४ ड्राइभिङ्ग मोड तथा विश्वस्तरिय सुरक्षा मापदण्डहरु (ए।बी।यस , इ।बी।डी तथा बी।ए) ले गर्दा विभिन्न प्रकारका सडकहरुमा प्रयोग गर्न सजिलो तथा सुरक्षित रहेको कम्पनीले जानकारी दिएको छ । यस गाडीको ब्याट्रीमा कम्पनीले ८ वर्षको वारेण्टी प्रदान गरिरहेको छ ।

निसान लिफ ४० किलोवाट हावर ब्याट्रीको साथमा उपलब्ध छ जसले ३११ किमि सम्मको दुरी तय गर्न सक्छ । यसको इलेक्ट्रिक मोटरले १५० पी एस र ३२० एन एम टोर्क प्रधान गर्दछ । त्यस्तै गरी निसान लिफ ० देखि १०० किमि/घण्टा ७.५ सेकेन्ड मा जान सक्छ र यसको अधिकतम गति १४० कि मि/घण्टा रहेकाे छ ।

नेपालमा एउटा अत्याधुनिक तथा वातावरण मैत्री सवारी साधन चलाउन इच्छुक ग्राहकको लागि कम्पनीले निसान लिफ ५९.९९ लाखमा उपलब्ध गराइरहेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.