अदालतको फैसलाले एप्पललाई ठूलो झट्का, कम्पनीको सेयर मूल्य ह्वात्तै घट्यो

  २०७८ भदौ २६ गते १६:०९     विकासन्युज

काठमाडौं । अमेरिकाको संघीय अदालतको एउटा फैसलाले विश्वको प्रसिद्ध आईफोन निर्माता कम्पनी एप्पललाई ठूलो धक्का लागेको छ ।
शुक्रबार अदालतका न्यायाधीशले एप्पललाई आफ्नो एप स्टोरका नियमहरु केही सहज बनाउन आदेश दिएसँगै एप्पललाई ठूलो धक्का लागेको हो । न्यायाधीशले एप्पललाई एप डेभलपरहरुमा प्रतिबन्ध सहज बनाउन पनि आदेश दिएका छन् ।

एप्पल विरुद्द गत वर्ष फोर्टनाइटको निर्माता कम्पनी एपिक गेमले मुद्दा दायर गरेको थियो । जसको सुनुवाई शुक्रबार मात्रै भएको हो ।
सो एप स्टोरहरुमार्फत मनग्य आम्दानी गर्दै आएको कम्पनीका लागि अब व्यापारमा केही नोक्सान व्यहोर्नु पर्ने देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । अदालतको यो आदेशले कम्पनीले ठूलो रकम गुमाउन सक्ने प्रक्ष्येपण पनि गरिएको छ ।

अदालतको यो फैसलापछि एप्पलको शेयर शुक्रवार दिउँसो कारोबारमा दुई प्रतिशत भन्दा धेरै तल झरेको थियो । अदालतको यो निर्णयले कम्पनीको वार्षिक आम्दानीमा अरबौं डलरको घाटा हुन सक्ने अनुमान लगानीकर्ताको छ ।

हाल एप्पलले उसको स्टोरमा राख्ने एपमा ३० प्रतिशत कमिसन लिँदै आएको छ । अदालतको निर्णयले उपभोक्ताहरुलाई सहज हुुनेछ भने कम्पनीको आम्दानी घट्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाे सहयाेगमा 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.