चुनावी बाचा ८५ प्रतिशत पूरा गरिसक्यौं – नगर प्रमुख फागो

  २०७८ भदौ २५ गते १८:०९     विकासन्युज

मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिब ५५ किलोमिटर पूर्वोत्तर क्षेत्रमा उर्लाबारी नगरपालिका पर्छ । यस नगरपालिकाले विकास निर्माणका गतिविधिलाई तीव्रता दिएको छ । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन विकासलाई नगरपालिकाले मुख्य प्राथमिकतामा राखेको छ । भौतिक पूर्वाधार विकाससँगै नगरवासीलाई आत्मनिर्भर बनाउने नीति लिएको नगर प्रमुख खड्ग बहादुर फागो बताउँछन् । उनै नगर प्रमुख फागोसँग नगरपालिकाले हालसम्म गरेका उपलब्धि, विकास निर्माणको काम र भावी योजनाबारे विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानी :

स्थानीय तहमा निर्वाचित भएको चार वर्ष पुरा हुँदा उर्लाबारी नगरपालिका भित्र के कस्ता काम गर्नुभयो ?

नगरमा विकास निर्माणका साथै अन्य धेरै कामहरू भएका छन् । हामीले यहाँको पूर्वाधार, शिक्षा, पर्यटन, स्वास्थ्य, कलासंस्कृति, युवा दक्षता अभिवृद्धिलगायत रोजगार सिर्जनाका काममा केन्द्रित भएका छौं । राष्ट्र निर्माणको मेरुदण्ड स्थानीय सरकार बन्न सक्नुपर्छ, भन्ने मान्यता राखि दीर्घकालीन सोचका साथ दिगो विकासका योजना तर्जुमा गरी अगाडी बढेका छौं । प्रतिकूलताकै बिचमा नगरपालिकाका सबै वडामा स्वास्थ्यको पहुँच पुर्याउन सफल भएका छौं । हाम्रो नगरको प्रत्यके वडामा आधारभूत स्वास्थ्य कार्यालयबाट नै नागरिकलाई सेवा प्रधान गरी रहेका छौं । अपाङ्ग, असक्त र ज्येष्ठ नागरिकहरूलाई घर घरमा गएर स्वास्थ्य परीक्षण गर्ने काम गरेका छौं ।

नगरभित्र सडक निर्माणको काम तीव्र रूपमा भइएका छन् । हामीले पालिकाकामा करिव करिव ३८ किलोमिटर सडकको कालोपत्रे गरेका छौं । पालिकाको प्रत्यके वडामा सडकको पहुँच पुगेको छ । शिक्षा र स्वास्थ्यका लागि भौतिक संरचना निर्माण गर्ने कार्य जारी छ । समग्रमा भन्नुपर्दा नगरपालिकासँग भएको स्रोत र साधनबाट गर्न सकिने कामहरू भएका छन् । यी उपलब्धिसहित नगरपालिकाको हरेक क्षेत्रमा सुधार, परिवर्तन तथा विकास भएका छन् ।

कृषि क्षेत्रमा कस्तो कामहरू भएका छन् ?

नागरिकको आय आर्जनको मुख्य स्रोत कृषि हो । नगरपालिकाले कृषि क्षेत्रको विकासको लागि प्राथमिकताका साथ काम गर्दै आएको छ । नागरिकलाई कृषिमा आकर्षित गर्नेतर्फ लागेका छौं । नगर भित्र कृषिमा उत्पादन मात्र नभई मुख्यतया रासायनिक अन्त्य गर्दै प्राङगारिक मलबाट स्वास्थ्य खाद्य उत्पादन गर्ने तरिकाले काम भएको छ । कृषि विकास रणनीतिले परिलक्षित गरेको कृषि विकासको वृद्धि दर हासिल गर्नको लागि कृषिको व्यवसायीकरण गर्नुका साथै कृषि बजार व्यवस्थामा पनि त्यत्तिकै ध्यान दिनका छौं । कृषकलाई विभिन्न किसिमका जस्तै, धान काट्ने, जोत्नेर औजारहरू पनि वितरण नगरले गरेको छ ।

कृषिका विभिन्न तालिम पनि नगरमा सञ्चालन हुँदै आएका छन् । नगर र कृषकको साझेदारीमा अनुदान, प्रोत्साहन आदि काम गर्दै आएका छौं । उत्पादनमा कृषकलाई कसरी अभिवृद्धि गर्न सकिन्छ र थोरै लागतले धेरै आम्दानी लिने तरिकाले काम गरी रहेका छौं । त्यसको लागि कृषि प्रविधिको योगदान पनि अत्यन्तै महत्वपूर्ण छ । ग्रामीण क्षेत्रको कृषि आय तथा खाद्य सुरक्षा सुनिश्चित गर्न भूमि तथा श्रम उत्पादकत्व वृद्धि गर्न काममा पनि अगाडि बढिएको छ । कृषिलाई व्यावसायिकीकरण, कृषि बजारमा सहज पहुँच तथा जैविक प्रविधिहरूको संयुक्त प्रयासबाट काम गरी रहेका छौं । उद्यमशीलता वृद्धि गर्न पशु र कृषिमा कृषकको आकर्षण बढाउन लक्ष्यका साथ नगरपालिका अगाडी बढाएको छ ।

काम गर्ने क्रममा कस्ता चुनौती भोग्नुभयो र यसको सामना कसरी गर्नु भयो ?

सङ्घीयता कार्यान्वयनको सुरुवाती चरणमा काम सुरु गर्नुपर्ने भएको कारण धेरै चुनौती सामना गर्नुपर्याे । राज्य पुनर्संरचनाको निर्णयअनुसार साबिकका गाविस समायोजन भई स्थानीय तह बनि सकेपछि सरकारको प्रत्याभूति जनतालाई दिनु पर्यौ । त्यस कारणले कानुन, ऐन, नियम बनाई, पूर्वाधारको विकास गर्दै कार्य सम्पादन गर्नुपर्ने भएकोले केही समस्या पनि भयो । सीमित बजेट, कर्मचारीको अभाव, शून्यमा रहेको पूर्वाधार विकास, नगरपालिकालाई भौतिक संरचना नहुनु लगायतका धेरै समस्या थिए । यी चुनौतीको सामना गर्दै वा चुनौती भित्र अवश्य खोज्दै हामीले कार्य सम्पादन गरी रहेका छौं ।

चुनावी बाचा कति पुरा भए, कति बाँकी छन् नी ?

हामी निर्वाचित भएर आएको पनि चार वर्ष भइसकेको छ । हाल हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका ८५ प्रतिशत कामहरू सकिसकेका छौं भने पालिकामा थप कामहरू भएका छन् । हामी लिखित प्रतिविद्धताका साथ जनतामाझ गएका थियौं । गर्न सकिने काम इमानदारिता र पारदर्शी रूपमा गर्ने छौं, भनेका थियौं । त्यो अनुसार काम पनि भएको छ । चुनावी प्रतिबद्धता पूरा गर्न हामी सदैव लागिरहेका छौं । निर्वाचनमा जनतामाझ गरिएका अधिकांश प्रतिबद्धता पूरा भएका छन् । हाम्रो पालिका भित्र भएका काम उत्कृष्ट नै छ भन्ने लाग्छ ।

बाँकी एक वर्षको अवधिमा कस्ता काम गर्ने योजना छ ?

हाम्रो कार्यकाल एक वर्ष मात्र बाँकी छ । पूर्वाधार विकासलाई नगरपालिकाले चलायमान गतिमा अगाडि बढाइरहेको छ । जनताका आधारभूत आवश्यकतालाई कसरी पूर्णता दिइन सकिन्छ भनेर छलफल पनि गरी रहेका छौं । आर्थिक विकासलाई कसरी टेवा पुर्याउन सकिन्छ भन्नेतर्फ पनि हाम्रो ध्यान केन्द्रित छ । सामाजिक विकासतर्फ स्वास्थ्य शिक्षामा गुणस्तर बनाउने योजना छ । यो अवधिमा मुख्यगरी नमुनायोग्य काम अगाडि बढाउने छौं । अधुरा कार्य अगाडि बढाइने छ । विशेष गरी पूर्वाधार, सामाजिक, आर्थिक जनताको आवश्यकता पुरा गर्ने काममा हामी केन्द्रित हुने छौं ।

युवा स्वरोजगार नगरपालिकाले कसरी गरिरहेको छ ?

हाम्रो पालिकाको मात्र नभई देशको सबैभन्दा चुनौतीको रूपमा रहेको समस्या मध्ये बेरोजगारी पनि एक हो । बेरोजगारी समस्याका कारण दैनिक हजारौं युवाहरू बिदेसिनुपर्ने बाध्यता र विवशता छ । बिदेसिएका केही युवाहरू पनि गाउँमै फर्किएर पशुपालन तथा कृषि पेसातर्फ लागेका छन् । युवा शक्तिलाई गाउँमै रोजगारीसँगै आय आर्जनका सम्भावनामा उत्प्रेरित गराउनको लागि जोड पनि दिइरहेका छौं । हाम्रो पालिकाकोतर्फबाट युवालाई रोजगार बनाउनको लागि भनेर नै विभिन्न स्वारोजागरका कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं ।

युवालाई टेकनिकल, ड्राइभिङ जस्ता तालिम पनि दिँदै आएका छौं । युवालाई उद्यमशील विकास तालिम दिनु पर्छ भनेर हामी लागिपरेका छौं । पढ्न चाहने युवाहरुलो लागि नगरपालिकाले निःशुल्क लोकसेवाको तयारी कक्षा पनि सञ्चालन गर्दै आएका छौं । हालसम्म पालिकका धेरै युवाहरुले लोकसेवाको तयारी गरी उक्तर्ण पनि भएका छन् । कतिपय युवाहरूलाई भने विकास निर्माणको काममा लगाएका छौं । यो कोभिडपछि आएको बेरोजगारीको सम्बन्धमा हामीले मुख्यतः कृषिमा आधारित व्यवसाय सञ्चालन गरेर रोजगारी दिने सोच बनाएका छौं ।

अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ?

हाम्रो गरेको धेरै कामको महशुस नगर वासिले नै गर्नु नै भएको छ । लालपुर्जा दिने काम चाहिँ अलिक सुस्त भई रहेको छ । लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने बाँकी छ । यस काममा पनि छिटै गर्ने छौं भन्न चाहन्छु । नागरिकहरूले आफ्नो समस्या हामीसँग खुलस्त राख्नुहुन अनुरोध गर्दछु । सकेसम्म नागरिकका आवश्यकता पुरा गर्ने छौं । हामीले गरेको काममा कमी कमजोरी छन् भने त्यसलाई औंल्याइदिएर हामीलाई सच्चिने अवसर प्रदान गर्नुहुन पनि अनुरोध गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.