साधना लघुवित्तका सीईओ रेशम न्यौपानेले पाए निरन्तरता

  २०७८ भदौ २५ गते १२:४५     विकासन्युज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा रेशम न्यौपानेले निरन्तरता पाएका छन् । भदौ २४ गते बसको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ न्यौपानेलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

यससँगै सीईओ न्यौपानेले आगामी असोज १ गतेबाट लागू हुनेगरी थप ४ वर्ष अर्थात दोश्रो कार्यकाल सम्हाल्ने छन् ।

उनी उक्त संस्थामा स्थापना काल देखिनै प्रमुख कार्यकारी अधिकृतको रुपमा पदभार समाल्दै आएका छन् ।

गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनश सेयर तथा १.३२ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश घोषणा गरेको छ ।

वित्तीय संस्थाले ४ वटा प्रदेशका ३० जिल्लाहरुमा ७७ शाखा कार्यालय मार्फत् सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.