टिभिएस् मोटर्सले सार्वजनिक गर्यो अपाचे आरटीआर, यस्ता छन् बाइकका विशेषता

  २०७८ भदौ २४ गते १७:३१     विकासन्युज

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक, जगदम्बा मोटर्सले टिभिएस अपाचे RTR 200 4v र्वजनिक गरेको छ । कम्पनीले बिहीबार सो मोटरसाइकल सार्वजनिक गरेको हो ।

टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष आर दिलीपले टीभीएस अपाचे श्रृंखला, संसारभरी रहेका ग्राहक र रेसिंग उत्साहीहरुका लागि नयाँ प्रविधिको कौशल प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण रहेको बताए ।

उनले फस्र्ट इन सेगमेंट फिचर्स र प्रविधियुक्त रहेको नयाँ टिभिएस अपाचे RTR 200 4v मोटरसाइकल नेपालमा प्रस्तुत गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताए ।

यस्तै, जगदम्बा मोटर्स तथा शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवालले नेपाली ग्राहकहरुले सधैं नै टिभीएस अपाचे सिरिजको रेस एडिसनलाई सधैँ नै रुचाएको बताए । यो नयाँ एडिसनको रेस मेसिनले ग्राहकवर्गमा थप उत्साह ल्याउनेमा आफुहरु आशावादी रहेको पनि उनले बताए ।

यो मोटरसाइकलमा अब पहिलाको भन्दा फरक फस्र्ट इन् सेगमेन्ट एड्जस्टेबल सस्पेन्सन सहित आएको छ । उच्चतम प्रस्तुति दिन सक्षम Showa फ्रन्ट सस्पेन्सनको प्रि–लोडेड एड्जस्ट्मेन्टले चालकलाई प्लुस राइड र ट्रयाकराइड कुन मा कुदाउने भनेर रोज्ने अवसर प्रदान गर्दछ भने नयाँ पछाडिको Showa सस्पेन्सनले ट्रयाकमोटरसाइकल कुदाउँदा गज्जबको अनुभव प्रदान गर्ने कम्पनीको भनाई छ ।

यो मोटरसाइकल ३–स्टेप एड्जस्टमेन्ट सहित एड्जस्टेबल ब्रेक तथा क्लच लिभर सहित उपलब्ध छ जसलाई विचको औंलाले कन्ट्रोल गर्न एकदमै सजिलो रहेको छ। त्यस्तै सिङ्गल चेनल ए.बि.एस सहित यसको ब्रेकिङ्ग प्रणालीमा व्यापक सुधार भएको हुनाले यो मोटरसाइकल अधिक सुरक्षित बनेको छ।

हाल यो मोटरसाइकल ग्लस ब्लाक, पर्ल वाइट र नयाँ म्याट ब्लु गरेर ३ ओटा फरक रंगमा उपलब्ध हुनेछ ।

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको व्यापक सेवा र देशभरमा स्पेर्स पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.