राष्ट्र बैंकले भन्योः ‘क्रिप्टोकरेन्सी गैरकानुनी हो, कारोबार गरे कारवाही हुन्छ

  २०७८ भदौ २४ गते १७:१६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क्रिप्टोकरेन्सी’को कारोबार, प्रयोग र ‘माइनिङ’ गैरकानुनी भएको जनाएको छ । केन्द्रीय बैंकले बिहीबार एक सूचना जारी गर्दै ‘क्रिप्टोकरेन्सी’को कारोबार, प्रयोग र ‘माइनिङ’ गैर कानुनी रहेको बताएको हो ।

यसको कारोबार गरे कारवाही हुने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ । यस्तो कार्य गर्न प्रोत्साहन गर्नेरगराउने कार्य भइरहेको भन्दै त्यस्तो कार्यमा संलग्नलाई कारबाही हुने चतावनी दिएको छ ।

‘हालका दिनमा ‘क्रिप्टोकरेन्सी’ कारोबार, प्रयोग र ‘माइनिङ’ जस्ता कार्यक्रमा संलग्न हुन प्रोत्साहन गर्नेरगराउने गरेको पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारण ठगिएको र ठगिन सक्ने देखिएको हुँदा कसैले त्यस्तो कार्य गरे वा गरेको पाइएमा प्रचलित कानुमबमोजिम सजाय हुनेछ,’ राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.