एलजीको दशैं तिहार अफरः ५ करोड रुपैयाँ भन्दा बढी उपहार

  २०७८ भदौ २४ गते १२:३८     विकासन्युज

काठमाडौं । नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड एलजीलले दशैं तिहारलाई लक्षित गर्दै विभिन्न छुटका अफरहरु ल्याएका छ । एलजीले दशैं तिशारलाई लक्षित गर्दै “हार्दिक बधाई तपाईलाई, यस चाडबाडमा विशेष सबैलाई” अफर जारी गरेको हो ।

अभियान मार्फत एलजीका कुनै पनि सामानको खरिदमा पाँच करोड भन्दा बढीको उपहारहरु पाइने कम्पनीले जनाएकाे छ । यस योजना अन्तर्गत एलजीका लागि नेपालको अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्स्ले एलजीका घरायसी सामानहरु र होमइन्टरटेन्मेन्ट्का खरिदमा विशेष नगद छुट तथा पक्का उपहारहरु प्रदान गरेको छ ।

नर्मल र स्मार्ट एलईडी टीभी, साउण्ड बार खरिदमा ग्राहकहरुले क्यास व्याक प्राप्तगर्न सक्नेछन् । क्यासेट र स्पिलीट एसी र फ्लोर स्टाण्डिङ एसी खरिदमा ग्राहकहरुले ४ हजार रुपैयाँसम्मको निःशुल्क स्थापना सेवा पाउने छन् । एयर प्युरिफायरको खरिदमा २ हजार ९ सय ६० को केन्ट ह्याण्ड ब्लेण्डर पाउनेछन् ।

यस अफरमाग्राहकहरुले साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरकोे खरिदमा रु १२ हजार ९० को सीजी आयल फिल्ड हिटर, डबल डोर रेफ्रिजेरेटरकोे खरिदमा २ हजार ९ सय ६० मूल्यको केन्ट ह्याण्ड ब्लेण्डर र सिंगल डोर रेफ्रिजेरेटरकोे खरिदमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् ।

त्यस्तै, ग्राहकहरुले माइक्रोवेभ ओभनको खरिदमा २ हजार ८ सय मूल्यको फ्री खानापकाउने किट, डिसवासरको खरिदमा डिसवासर ट्याबलेट र भ्याकुमक्लीनरकोे खरिदमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् ।

वासिङ मशिन फ्रन्ट लोड (९ केजीमाथीवासर ड्रायर)को खरिदमा २ हजार ६ सय ५० मूल्यको फ्री सीजी हलोजेन हिटर, वासिङ मशिन फ्रन्ट लोड (८ केजी सम्म)को खरिदमा रु ६ केजीको एरियल म्याटिक डिटरजेन्ट र वासिङ मशिन टप लोडको खरिदमाफ्री ड्राइ आयन प्राप्तगर्न सक्नेछन् । यो योजना नेपालभर सीमित अवधिको लागि लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.