अब जापानी भाषा परीक्षणको आवेदन फारम शुल्क खल्तीबाट तिर्न सकिने

  २०७८ भदौ २२ गते १४:०६     विकासन्युज

काठमाडाैं । खल्तीले जल्टान सँगको सहकार्यमा जापानी भाषा प्रविणता परीक्षणको आवेदन फारम शुल्क खल्तीबाट सजिलै भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ । यस पश्चात परिक्षाको फारम भुक्तानी मात्र खल्तीबाट गर्न सकिने छ ।

यसको लागि जल्टानको अध्यक्ष  पूर्ण काजी प्रजापति र खल्ती वालेटका प्रबन्धक जोनाम भुर्तेलबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

विगतका वर्षहरुमा परीक्षा शुल्क तिर्ने अन्य विकल्प नहुँदा परीक्षार्थीहरु जल्टानको कार्यालय भृकुटीमण्डप नै पुगेर घन्टौँ लाईन बसी शुल्क तिर्ने झन्झट गर्नुपर्थ्यो । यस समस्यालाई मध्यनजर गर्दै खल्तीले अनलाईन भुक्तानी प्रणालीको व्यवस्था गरेको जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.