रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा अर्जुन भद्र खनाल नियुक्त

  २०७८ भदौ २२ गते १२:२२     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा अर्जुन भद्र खनाल नियुक्त भएका छन् । भदौ २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खनाललाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

उनी संस्थापक सिद्धार्थ बैंकको तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि सुन्दरप्रसाद कडेलले उक्त पदको प्रतिनिधित्व गर्दै आएका थिए ।

यससँगै नवनियुक्त सञ्चालक खनालले भदौ २१ गतेदेखि आफ्नो पदको जिम्मेवारी सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.