बैंकहरुले पौने ८ खर्ब रुपैयाँ बागमतीकै उद्योगमा लगानी गरे, जीडीपीमा पनि उच्च हिस्सा

  २०७८ भदौ १८ गते १८:२८     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले बागमति प्रदेशका उद्योगहरुमा पौने ८ खर्ब रुपैयाँ लगानी गरेको देखिएको छ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले कुल ७ खर्ब ८२ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले गत वर्ष बागमित प्रदेशमा प्रवाह गरेको औद्योगिक कर्जा कुल ३६.८ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा यस प्रदेशका अध्ययन नमुनामा समेटिएका उद्योगको क्षमता उपयोग औसतमा ४८.९ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस्ता उद्योगको क्षमता उपयोग औसतमा ४०.२ प्रतिशत रहेको थियो । औद्योगिक उत्पादनमध्ये पशुदाना उत्पादन १६.० प्रतिशत, रंग उत्पादन ३५.७ प्रतिशत र ईट्टा उत्पादन ४१.४ प्रतिशतले बढेको छ भने चुरोट उत्पादन ८.४ प्रतिशतले घटेको छ ।

यस्तै, प्रदेशहरुको समग्र आर्थिक अवस्था तुलना गर्दा आर्थिक वर्ष २०७७÷७८ मा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३७.७ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ४.० प्रतिशत रहेको छ ।

अध्ययनले समीक्षा अवधिमा खाद्य तथा अन्य बालीले ढाकेको भू–क्षेत्र ०.२ प्रतिशतले बढेको देखाएको छ भने प्रमुख खाद्यान्न बालीमध्ये समीक्षा अवधिमा मकै उत्पादन ०.१ प्रतिशतले बढेको छ भन कोदो उत्पादन ०.१ प्रतिशत र धान उत्पादन २.५ प्रतिशतले घटेको छ ।

यस्तै, समीक्षा अवधिमा यस प्रदेशमा पर्यटक आगमन संख्या ९७.४ प्रतिशतले घटेर १६ हजार ३ सय २७ कायम हुन आएको छ । पर्यटकस्तरीय होटल तथा लज संख्या २.९ प्रतिशतले बढको छ भने शैया संख्या ३.४ प्रतिशतले बढेको छ ।

घरजग्गा रजिष्ट्रेशन संख्या १४.१ प्रतिशतले बढेको छ भने रजिष्ट्रेशनबाट प्राप्त हुनेराजस्व ०.५ प्रतिशतले घटेको छ । बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा परिचालन गरेको निक्षेप असार मसान्तको तुलनामा १८.७ प्रतिशतले र कर्जा प्रवाह २०.१ प्रतिशतले वृद्धि भएको छ । कर्जा–निक्षेप अनुपात औसतमा ७१.५ प्रतिशत रहेकोछ । समीक्षा अवधिमा यस प्रदेशमा यातायात साधन संख्या ४.९ प्रतिशतले वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.