चेम्बरले भन्योः तरलताको अभाव देखियो, सीसीडी रेसियोको व्यवस्था नै कायम हुनु पर्छ

  २०७८ भदौ १६ गते १७:२०     विकासन्युज

 

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकले कर्जा–पुँजी–निक्षेप अनुपातको व्यवस्थालाई खारेज नगर्न आग्रह गरेकको छ । चेम्बरले बुधबार एक विज्ञप्ति जारी गर्दैै कर्जा–निक्षेप (सीडी) रेसियोको व्यवस्थाले बजारमा तरलताको अभाव भएको उल्लेख गर्दै सीसीडी रेसियोको व्यवस्था नै निरन्तरता हुनु पर्ने बताएको हो ।

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत सीसीडी रेसियो खारेज गरेर सीडी रेसियो कायम गर्ने व्यवस्था गरेको छ । मौद्रिक नीतिले बैंक तथाबित्तीय संस्थाको सीसीडी रेसियो खारेज गरी नया व्यवस्था अनुसार अधिकतम सीडी रेसियो ९० प्रतिशत कायम गरेको हो ।

यो व्यवस्थाको कारण ब्याजदर समेत वढन जाने भएकोले पुरानै व्यवस्था अनुरुप सीसीडी रेसियो न्युनतम ८५ प्रतिशत कायम हुनु पर्ने चेम्बरको माग छ ।

यस्तै, चेम्बरले कोभिड(१९को कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाबित भएका उद्योग तथा व्यवसायहरुको लागि प्रदान भएको पुनर्तालिकीकरणको ब्यवस्थलाई नेपाल राष्ट्र वैंकबाट नियमन गरिनु पर्ने उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.