निषेधाज्ञा र विद्यालय सञ्चालनबारे निर्णय गर्न काठमाडौं उपत्यकाका ३ सीडीओको बैठक बस्दै

  २०७८ भदौ १६ गते ११:५७     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञाको विषयमा निर्णय गर्न प्रमुख जिल्ला अधिकारीहरुको बैठक बुधबार बस्दैछ ।

निषेधाज्ञाको विषयमा निर्णय गर्न दिउँसो १ बजे बैठक बस्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । बैठकले उपत्यकाको विद्यालय सञ्चालनको मापदण्ड बनाउने उनले बताए ।

यसअघि जारी निषेधाज्ञा आज सकिँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.