सिजिनेटकाे तीज अफर: छ देखि १२ महिनाकाे इन्टरनेट सब्सक्राइब गर्दा उपहार नै उपहार

  २०७८ भदौ १५ गते १९:१९     विकासन्युज

काठमाडौं । सस्तो इन्टरनेट सेवा रहेको सिजिनेटले महिलाहरूको लागि लक्षित गर्दै तीजको अफर सार्वजनिक गरेको छ । उक्त अफर भाद्र १६ देखि भाद्र ३० सम्म चल्ने कम्पनीले जनाएको छ ।

उक्त अफरमा महिला ग्राहकहरूले ६ महिना वा १२ महिनाको इन्टरनेट प्लान सब्सक्राइब गर्नुपर्ने हुन्छ । उक्त अफर सब्सक्राइब गरे वापत ‘लक्की ड्र’बाट दैनिक रूपमा २ वटा घराएसी सामाग्री पुरस्कार प्राप्त गर्न सकिनुको साथै अफरको अन्तिम दिन एक जनालाई बम्पर लक्की ड्र र ९ जनालाई थप पुरस्कार प्रदान गरिनेछ ।

कम्पनीको अनुसार उक्त अफर सिजिनेटको कभरेज भएको स्थानहरूमा मात्र उपलब्ध हुनेछ ।

सिजिनेटले आफ्नो विस्तार जावलाखेल, कुपण्डोल, कुलेश्वर, कालीमाटी, सतुंगल, बल्खु, छाउनी, कलंकीमा गरी सकेको छ । थप स्थानहरूमा पनि आफ्नो सेवा चाँडै नै विस्तार गर्ने कम्पनीले जनाएको छ ।

चौधरी ग्रुप अन्तरगत सिजि कम्युनिकेसनले सिजिनेटको सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.