फोनपे मार्फत कारोबार गर्ने झापाका उज्ज्वलले पाए हुण्डाइको गाडी उपहार

  २०७८ भदौ १५ गते १५:४१     विकासन्युज

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी फोनपे पेमेन्ट सर्विस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्स्फर, चट्ट कार’ उपहार योजनाका बिजेतालाई गाडी हस्तान्तरण गरिएको छ ।

सो योजनामा झापा विर्तामोडका उज्ज्वल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन गाडी जित्न सफल भएका छन् । उनलाई एक कार्यक्रमक बिच फोनपेका प्रमुख कार्यकारी अधिकृत अद्धेत तुलाधर र नबिल बैंकका चिफ मार्केटिङ अफिसर कविन्द्र प्रसाद श्रेष्ठ र फोनपेका ब्राण्ड एम्बेष्डर सन्दिप क्षेत्रीले गाडि हस्तान्तरण गरे ।

गाडी जित्ने अधिकारी नविल बैंकका ग्राहक हुन । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको सा योजना फागुन २३ गतेदेखि असार मसान्तसम्म सञ्चालन गरिएको थियो ।

उक्त योजनामा नेपालभरीका कुनैपनि बैंकको आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत अन्य बैंकमा पैसा पठाउने ग्राहक सहभागी भएका थिए । फोन पे डाइरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ । जसबाट बिना बैंक खाता नम्बर, केवल पैसा पाउने व्यक्तिको मोबाइल नम्बर हालेर पैसा तुरुन्तै अर्को बैंक खातामा पठाउन सकिन्छ ।

फोनपे नेटवर्कमा हाल ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने ४ लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स्मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.