इजरायल रोजगारीः भदौ अन्तिम सातादेखि भाषा परीक्षा

  २०७८ भदौ १५ गते १०:०२     विकासन्युज

काठमाडौं । सरकारी तवरबाट इजरायलमा रोजगारीका लागि भाषा परीक्षा भदौ अन्तिम साता हुने भएको छ । वैदेशिक रोजगार विभागले ‘केयरगिभर’ का लागि इजरायल जानेहरूको अंग्रेजी भाषको लिखित परीक्षा भदौ अन्तिम साता हुने जनाएको हो ।

विभागले परीक्षा केन्द्रका सम्बन्धमा पछि सूचना प्रकाशन गर्ने र परीक्षाको प्रवेश पत्र अनलाइनमार्फत उपलब्ध हुने जनाएको छ ।

यसअघि नै विभागले इजरायल रोजगारीमा सहभागी हुने नेपाली श्रमिकको लिखित र मौखिक परीक्षा लोक सेवा आयोग सरह हुने जनाएको थियो ।

सरकारले सम्झौताअनुसार इजरायल रोजगारी सरकारबाट हाल १ हजार जना सहायक कामदारको माग भएकोले वैदेशिक रोजगार निर्देशिकाले तय गरेको प्रक्रिया बमोजिम ९ हजार ६ सय ९९ नेपाली नागरिकहरूले आवेदन दिएका छन् ।

सरकारले पहिलो चरणमा १ हजार नेपाली श्रमिकलाई इजरायल रोजगारीमा पठाउने तयारी गरेको छ । जसअनुसार ७० प्रतिशत अर्थात ७ सय महिला र ३० प्रतिशत अर्थात ३ सय पुरुष रोजगारीका लागि जान पाउनेछन् । लामो समयको तयारी पश्चात नेपाली श्रमिकका लागि इजरायलमा रोजगारीका खुला गरेको हो ।

बिभागका अनुसार इजरायलमा रोजगारको लागि मासिक ५३०० एनआईएस तलब हुनेछ । जसको नेपाली विनिमय अनुसार करिब तलब एक लाख ९३ हजार रुपैयाँ बढी हुन आउँछ । सो तलब सातामा ४२ घण्टाको हिसावमा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.