अर्थमन्त्रालयको राजश्व सचिवमा कृष्णहरी पुस्कर

  २०७८ भदौ ११ गते १८:२८     विकासन्युज

काठमाडौं । अर्थमन्त्रालयको राजश्व सचिवमा कृष्णहरी पुस्कर नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई राजश्व सचिवको जिम्मेवारी दिएको हो ।

यसअघि उनी प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समूहमा थिए । राजश्व सचिव रामशरण पुडासैनीले अवकास पाएपछि उनले राजश्व सचिव बन्ने अवसर पाएका हुन् । उनी एक महिना अगाडि मात्रै सचिवमा बढुवा भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.