१८ वर्षभन्दा माथिका सबै परीक्षार्थीलाई कोरोना खोप लगाउन शिक्षा मन्त्रालयको आग्रह

  २०७८ भदौ १० गते १९:१७     विकासन्युज

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ र सोभन्दा माथिका विभिन्न तहका परीक्षार्थीलाई कोभिड-१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै १२ कक्षा र सोभन्दा माथिका विद्यार्थीको लागि कोभिड–१९ विरुद्धकाे खोपको व्यवस्था मिलाइसकेकोले १८ वर्ष वा सोभन्दा माथिक उमेरका समूहका सबै परीक्षार्थीलाई खाेप लगाउन आग्रह गरेको हाे ।

मन्त्रालयले खाेप परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद, विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानबाट उपलब्ध गराई र विद्यार्थीहरुले प्रवेश पत्र लिएर तोकिएको खोप केन्द्रबाट खोप सेवा लिन सक्ने बताएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.