सिटिइभिटीको छात्रवृत्ति आवेदन फारम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

  २०७८ भदौ ९ गते १८:५७     विकासन्युज

काठमाडाैं । खल्ती डिजिटल वालेटले सिटिइभिटीबाट खुलाइएको प्रि–डिप्लोमा तह, डिप्लोमा, र प्रमाणपत्र तहका छात्रवृत्ति आवेदनको फारम शुल्क खल्तीबाट सिधै शुल्क भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ ।

नेपाल सरकारको सरकारी वा सामुदायिक विद्यालयबाट एसइइ/एसएलसी/टिएसएलसी अध्ययन गरेको विद्यार्थीहरुले छात्रवृत्ति आवेदन फारम भरी त्यसमा लाग्ने शुल्क खल्तीबाट सिधै तिर्न सक्नेछन् ।

निजी विद्यालयबाट एसइइ/एसएलसी/टिएसएलसी अध्ययन गर्नेको हकमा भने उक्त छात्रवृत्ति लागु हुनेछैन । त्यस्तो आवेदकले छात्रवृत्तिको आवेदन फारम भरेमा उक्त फारम स्वतः रद्द हुने साथै शुल्क फिर्ता नहुने प्रावधान रहेको छ ।

छात्रवृत्तिको आवेदन फाराम भर्ने आवेदकले डिप्लोमा तथा प्रि–डिप्लोमा तहका कार्यक्रमहरु मध्ये आवेदकले कुनै एक तहको एक वटा कार्यक्रममा मात्र भर्न पाउनेछन् । भदाै ७ देखि २३ गतेसम्म आवेदकहरुले छात्रवृत्तिको लागि आवेदन दिन सक्नेछन् ।

कार्यालयमा धाईरहनुपर्ने वा लाइनमा घण्टौ बस्न पर्ने झन्झटलाई डिजिटल भुक्तानीको माध्यमद्वारा न्युनीकरण गर्ने उक्त सेवा संचालनमा ल्याएको मर्चांन्ट एक्युजिसन का वरिष्ठ अधिकारी हरुन राईले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.