मेरो कार्यकाल पुँजी बजारका लागि कोशेढुङ्गा बन्यो-साउद

  २०७८ भदौ ८ गते १७:३६     चन्द्रसिंह साउद

काठमाडौं । पुँजीबजारको नियामक नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आफ्नो कार्यकाल पुँजी बजारका लागि कोशेढुङ्गा बनेको बताएका छन् । मंगलबार पदबाट राजीनामा दिँदै उनले आफ्नो कार्यकाल पूँजी बजारका लागि कोशेढुङ्गा बनेको बताएका हुन् ।

‘मलाई अनकेन लान्छना लगाइयो, सीईओले सबै कम्पनीको सेयर किन्न पाइने नियम छ, सोही नियम अनुसार मैले सेयर किनेको थिएँ, तर बजारमा अन्तर्राष्ट्रिय कानुनलाई परिभाषित गर्दै आरोप लगाइयो र राजीनामा दिन बाध्य भएँ,’ उनले भने ।

यस्तै, उनले प्लेटफर्म निर्धारण गर्ने काम नेप्सेको भएको तर बजार नियमन गर्ने काम अरु नै निकायको भएको पनि बताए ।

‘मैले नैतिकताको आधारमा रहेर राजीनामा दिएको छु । बैंक र प्रादेशिक रुपमा पनि ब्रोकर कार्यालय खोल्ने तयारी थियो तरपनि मैले मेरो कार्यकाल कोशेढुङ्गा सावित भएको महसुस गरेको छु । दैनिक २ अर्ब कारोबार हुने बजारमा अहिले २० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ’ उनले भने ।

नेपाल सरकारलाई सहयोग गर्ने हिसाबले राजीनामा दिएको पनि उनको भनाई छ ।

यस्तो छ उनको राजीनामा पत्रः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.