लाभांश पारित गर्न रुरु जलविद्युतले एकैपटक डाक्यो दुई वर्षको साधारणसभा

  २०७८ भदौ ८ गते १३:०८     विकासन्युज

काठमाडौं । रुरु जलविद्युत परियोजनाले एकैपटक दुई वर्षको वार्षिक साधारणसभा आव्हान गरेको छ । परियोजनाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक साधारणसभा आगामी असोज १६ गते गर्न लागेको हो ।

भदौ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त सभा सो दिन बिहान ११ बजे भर्च्युअल माध्यमबाट गर्ने निर्णय गरेको हो ।

सभाले सेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित गर्दै छ । सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १०.५६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्तावलाई पनि सभाले पारित गर्दै छ । उक्त सेयरको कर प्रयोजनको लागि ०.५६३२ प्रतिशत नगद लाभांश पारित गर्ने विशेष प्रस्ताव रहेको छ ।

त्यसैगरी, सभाले कम्पनीको संस्थापक सेयरधनीको समूहबाट प्रतिनिधित्व गर्ने ५ जना सञ्चालक निर्वाचन गर्ने छ ।

सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी असोज ७ गते बुक क्लोज गर्न लागेको छ । यससँगै असोज ६ गतेसम्म कायम सेयरधनीले सो प्रस्तावित लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.