नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

  २०७८ भदौ ८ गते १३:२३     विकासन्युज

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) साेमबार राष्ट्रिय टिमले लगाउने नयाँ जर्सी सार्वजनिक गरेका हुन ।

क्यानले खुल्ला प्रतिस्पर्धाबाट नेपाली टोलीको नयाँ जर्सीको डिजाइन छनोट गरेको हो । उक्त नयाँ जर्सी आदर्श पोखरेलले डिजाइन गरेका हुन् ।

करिब ५ सय डिजाइनबाट पोखरेलको डिजाइन छनोट गरिएको हो । उनले पुरस्कार स्वरूप नगद १ लाख हात पारेका छन् ।

नेपाली टोलीले उक्त नयाँ जर्सी ओमान भ्रमणमा प्रयोग गर्नेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमान भ्रमणमा जादैछ ।

भदौ २८ देखि असोज ४ गतेसम्म नेपाल, ओमान र अमेरिकाबीचको सिरिज आयोजना हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.