भौतिक उपस्थितिमा कक्षा १२ को परीक्षा सञ्चालन गर्न निर्देशन

  २०७८ भदौ ८ गते १२:५१     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले कोरोना विरुद्धको खोप उपलब्ध गराएका भौतिक उपस्थितिमा नै परीक्षा लिन निर्देशन दिएको हो ।

समिति सभापति जयपुरी घर्तीले खोपको व्यवस्था गरेर परीक्षा सञ्चालन गर्न विज्ञान प्रविधि तथा शिक्षा मन्त्रालयलाई निर्देशन दिईएको जानकारी दिईन ।

सो बैठकमा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले समितिमा स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भौतिक उपस्थितिमै परीक्षा लिने तयारी भएको जनाएका थिए ।

तेस्रो लहरको कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेदेखि हुने भनिएको कक्षा १२ को स्थगित गर्ने निर्णय गरेको हो । गत साउन २३ गते बसेको बोर्डले सो निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.